सुदुरपश्चिम प्रदेश – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रिया र प्रदेशसभाका सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई तत्काल सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहको अध्यक्षतामा २०८३ कात्तिक ९ गते बसेको संसदीय दलको ६३औँ बैठकले प्रदेश सरकारको राजीनामा र सभामुखको भूमिकासम्बन्धी दुईवटा प्रस्तावमाथि छलफल गर्दै निर्णय गरेको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी विषयमा प्रदेश सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ। बैठकको निर्णयअनुसार मन्त्रिपरिषद्बाट सर्वसम्मत पारित भई सदनमा पेस गरिएको बजेटमाथि छलफल नगरी असोज २६ गते मुख्यमन्त्रीसहित सबै मन्त्रीको बैठक बसेको तथा प्रदेशसभा र आफ्नै दलका सांसदलाई समेत गुमराहमा राखेर बजेट पास गराउने मनसाय देखिएको कांग्रेसको ठहर छ।

अर्थमन्त्रीले सदनको रोस्ट्रममा उभिएर बजेट गलत भएको स्वीकार गरिसकेको अवस्थामा पनि सोही बजेट पारित गर्ने निर्णयले सरकारको दोहोरो चरित्र देखाएको कांग्रेसको आरोप छ। बैठकले यस्तो संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको निष्कर्ष निकाल्दै संवैधानिक, कानुनी, राजनीतिक र नैतिक आधारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिएर तत्काल सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको छ।

त्यस्तै, बैठकले प्रदेशसभाका सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाएको छ। बजेटजस्तो गम्भीर विषयमा प्रतिपक्षविहीन अवस्थामा सदन सञ्चालन गर्ने अभ्यास सभामुखबाटै सुरु भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

निर्णयमा अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारित हुनुअघि नै सभामुखले बजेट गलत भएको स्वीकार गरेको अवस्था, प्रतिपक्षसँग छलफल र सहमतिबिना निर्णय प्रक्रिया अघि बढाइएको तथा सांसदहरूले माग गर्दा पनि संसदीय समिति गठन र पूरक बजेट ल्याउने विषयमा उचित प्रक्रिया नअपनाइएको उल्लेख छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

कांग्रेसले बजेटजस्तो संवेदनशील विषयमा सभामुखले संसदीय मर्यादा, कानुनी तथा संवैधानिक मूल्य–मान्यता र संसदीय अभ्यासअनुसार भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। सभामुखले आफ्नो पदको मर्यादा र बजेटको महत्त्वलाई ध्यानमा राखेर जिम्मेवार भूमिका खेल्नुपर्ने कांग्रेसको निष्कर्ष छ।

बैठकमा संसदीय दलका नेता कमल बहादुर शाह, प्रमुख सचेतक सरस्वती खड्का, सचेतक गीता कुमारी चौधरी, सचिव तुलसी देवकोटालगायत प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो।