महेन्द्रनगर, कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८३/०८४ को असोज महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरूको एकीकृत मासिक प्रगति विवरण सार्वजनिक गरेको छ।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी टेकबहादुर रावतका अनुसार असोज महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा, राजस्व सङ्कलन तथा विभिन्न रचनात्मक कार्यहरू सम्पादन गरिएका छन्।
अपराध अनुसन्धान तथा नियन्त्रण
असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायहरूमा कुल १०० वटा अपराध सम्बन्धी मुद्दाहरू दर्ता भएका छन्।
मुद्दा विवरण: ज्यानसम्बन्धी १०, आत्महत्या १७, चोरी ६, सङ्गठित तथा आर्थिक अपराध २७, सामाजिक अपराध १३, महिला तथा बालवालिकासम्बन्धी ६, सवारी ज्यान २ र अन्य १९ वटा मुद्दा दर्ता भएका छन्।
जघन्य तथा गम्भीर अपराध: कर्तव्य ज्यान १, मानव बेचबिखन १, बैंकिङ कसुर ८, जुवातास ५, ठगी १ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित ६ गरी कुल २२ वटा गम्भीर अपराधका घटना दर्ता भएका छन्।
प्रतिवादी पक्राउ: चालु मुद्दाका कुल १३६ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ भने ११ जना पक्राउ पर्न बाँकी रहेका छन्।
पेन्डिङ मुद्दा फछ्र्यौट: सार्वजनिक चासोका कुल ५५९ पेन्डिङ मुद्दामध्ये १६ वटाको सफल अनुसन्धान गरी फछ्र्यौट गरिएको छ।
फैसला कार्यान्वयन र ठाडो उजुरी
अदालतको फैसला कार्यान्वयन: २३ जना पक्राउ परी २० वर्ष ७ महिना १९ दिन कैद र रु. २,६४,६६२ जरिवाना असुल गराइएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक: प्राप्त ३६ उजुरीमध्ये १५ देखि १८ वर्ष उमेर समूहका सर्वाधिक २२ जना पीडित रहेका छन्।
हराएका र फेला परेका व्यक्ति: ३४ जना हराएकोमा सबै ३४ जना नै फेला परेका छन् (महिला १८, बालक ६, बालिका ९, ज्येष्ठ नागरिक १)।
घरेलु हिंसा र ठाडो उजुरी: घरेलु हिंसाका ३२ उजुरीमध्ये २८ वटा मिलापत्र र ४ वटा अदालत पठाइएको छ। साथै, कार्यालयमा परेका २८० वटै ठाडो उजुरीहरू पूर्ण रूपमा फछ्र्यौट गरिएका छन्।
लागूपदार्थ नियन्त्रण तथा आत्महत्याको स्थिति
लागूपदार्थ नियन्त्रण: लागूपदार्थसम्बन्धी २१ वटा मुद्दा दर्ता गरी ३४ जना पुरुष प्रतिवादीलाई पक्राउ गरिएको छ। प्रहरीले ८६.०७ ग्राम खैरोहेरोइन, १२६ एम्पुल फेनारगनसहित स्पास (४०८ क्याप्सुल) र ट्रामाडोल (८७ ट्याब्लेट) बरामद गरेको छ।
आत्महत्याको अवस्था: असोज महिनामा कुल १७ जनाले आत्महत्या गरेका छन्, जसमा ८ पुरुष, ६ महिला र ३ बालिका रहेका छन्। झुण्डिएर १५ र विष सेवनबाट २ जनाको मृत्यु भएको छ।
शान्ति सुरक्षा, ट्राफिक र राजस्व चुहावट नियन्त्रण
प्रहरी परिचालन: गस्ती, पिकेट, चेकइन्डिङ र SRP/LRP गरी कुल ३,५३८ पटक प्रहरी टोली परिचालन गरिएको थियो।
सवारी दुर्घटना तथा कारबाही: ५४ वटा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु र ७६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने ७५५ वटा सवारी साधनलाई कारबाही गरी रु. ५,२५,००० राजस्व सङ्कलन गरिएको छ।
राजस्व तथा भन्सार छली नियन्त्रण: अवैध भन्सार छलीको रु. ८,४०,८२३ बराबरको सामानसहित ५ जना र राजस्व छलीको क्रममा ३ जना मानिस पक्राउ परेका छन्। वन पैदावार चोरी पैठारीबाट रु. ८,५५० राजस्व सङ्कलन भएको छ।
विपद् व्यवस्थापन: विभिन्न विपद्का ६ वटा घटनामा परि १ जनाको मृत्यु र २ जना घाइते भएका छन् भने करिब रु. २८,१०,००० बराबरको क्षति भएको छ।
सेवा प्रवाह र रचनात्मक क्रियाकलाप
प्रहरीले नागरिक सेवा तथा कर्मचारी मनोबल वृद्धिका लागि विभिन्न रचनात्मक कामहरू सञ्चालन गरेको छ:
समुदाय-प्रहरी कार्यक्रम: ९८ वटा समुदाय केन्द्रित कार्यक्रममार्फत ४,०५६ जना नागरिक तथा विद्यार्थीहरू माझ सचेतना फैलाइएको छ।
नागरिकता र अन्य सिफारिस: नागरिकताका लागि २४८, हतियार नवीकरण २ र अन्य ५ गरी २५३ वटा मुचुल्का तयार पारिएको छ।
हटलाइन र सेवाग्राही: प्रहरीको हटलाइन (१७५३) र डि.अ. (१८६२) मा गरी कुल ३,६१५ वटा कल प्राप्त भएका छन् भने महिनाभर ३,७४१ जना सेवाग्राहीले प्रत्यक्ष सेवा लिएका छन्।
सुधार तथा आन्तरिक कार्य: कार्यालय परिसरमा वृक्षारोपण, प्रहरी मेसमा डिजिटल निसिनबाट खाना पकाउने व्यवस्थापन र थप फर्निचर स्तरोन्नति गरिएको विवरणमा उल्लेख छ।


टिप्पणी