कञ्चनपुर — आधुनिक शिक्षा र उज्ज्वल भविष्यको प्रलोभन देखाएर भारत लैजान लागिएका हुम्लाका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। उद्धार गरिएका बालबालिकाहरूलाई सुरक्षित रूपमा घर फर्काउन र उनीहरूको पुनर्स्थापनाका लागि गैरसरकारी संघ-संस्थाहरूले स्थानीय तथा जिल्ला प्रशासनसँग सहकार्य अगाडि बढाएका छन्।

​नेपालको भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशको हुम्ला जिल्ला, सिमिकोट गाउँपालिका वडा नं. ८ का ४ देखि १२ वर्ष उमेर समूहका २४ जना तथा बाजुरा जिल्ला स्थायी बसोबास भई हाल हुम्ला आफन्तकहाँ बस्दै आएका १ जना बालबालिकासहित २९ जनालाई नेपाल-भारत सीमा क्षेत्रबाट भारतिय सुरक्षाकर्मीको विशेष पहलमा उद्धार गरिएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​सीमा क्षेत्रबाट उद्धार र मानव बेचबिखनको सम्भावित योजना सार्वजनिक

​प्राप्त विवरण अनुसार, कुङ्गा छोसाङ्ग थापासहित ४ जनाको समुहले बालबालिकाहरूलाई सिमिकोटबाट बस बुकिङ गरी रु. १ लाख ३० हजार खर्च गरेर नेपालगञ्ज पुर्‍याएका थिए। त्यसपछि पुनः गाडी बुकिङ गरी महेन्द्रनगर पुर्‍याएर रात्रिकालीन बासपछि दुईवटा बसमार्फत सीमा क्षेत्र गड्डाचौकीस्थित ७ नम्बर पिल्लरनजिक पुर्‍याइएको थियो। त्यहाँबाट पुनः ३ वटा गाडी बुकिङ गरी भारतको देहरादुनसम्म पुर्‍याउने योजना रहेको खुलेको छ।

​नेपालतर्फका सीमा क्षेत्रमा कार्यरत संघ-संस्था र सुरक्षा निकायको आँखा छलेर सीमा पार गराइए पनि भारतीय सीमा सुरक्षा बल (एस.एस.बी.) को चेकजाँचका क्रममा बालबालिका लैजाने कुनै पनि सरकारी कागजात नभेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। भारतीय पक्षले नेपाली पक्षसँग समन्वय गरी नेपालतर्फ फर्काएपछि नेपाल प्रहरीको टोलीको उपस्थितिमा शान्ति पुनर्स्थापना केन्द्र, गड्डाचौकीको जिम्मा लगाइएको थियो। यससँगै सम्भावित मानव बेचबिखनको ठूलो अपराध सार्वजनिक भएको छ।

​घटनामा संलग्न कुङ्गा छोसाङ्ग थापासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई मानव बेचबिखनको मुद्दा चलाएको समेत शान्ती पुर्नस्थापना केन्द्र गड्डाचौकीले बताएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

​वडाध्यक्षको अस्वीकार र शंकास्पद दाबी

​घटनाको अध्ययन गरिरहेका संस्थाहरूका अनुसार बालबालिकाहरूलाई हुम्लाबाट ल्याउनुपूर्व उक्त समुहले सिमिकोट गाउँपालिका-८ का वडाध्यक्षसँग सिफारिस मागेको थियो। तर, वडाध्यक्षले त्यस्तो कुनै पनि सिफारिस बनाउन नसकिने भन्दै अस्वीकार गरेका थिए।

​गिरोहले भारतको देहरादुनस्थित ‘शाक्य इन्स्टिच्युट’ मा अध्ययन गराउने बहाना बनाएको थियो। बालबालिकाका लागि गाडी बुकिङ तथा बाटो खर्च स्वयम् आफैँले व्यहोरेको देखिएकाले साँच्चै अध्यापनकै लागि लगिँदै थियो कि अन्य कुनै नियत थियो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको छ।

​घर फर्काउने र दीर्घकालीन समाधानको पहल

​उद्धार गरिएका बालबालिकाहरूलाई घर फर्काउनका लागि हुम्लास्थित सिमिकोट गाउँपालिका मार्फत सामुदायिक विकास केन्द्रलाई पत्राचार गरिएको छ। पत्राचारपछि सो संस्थाको टोली शान्ति पुनर्स्थापना केन्द्र, गड्डाचौकी पुगिसकेको छ।

​सामुदायिक विकास केन्द्रका प्रतिनिधिले बालबालिकालाई परिवारको जिम्मा लगाउँदैमा मात्र समस्या समाधान नहुने स्पष्ट पारेका छन्। संस्थाले उद्धारपछिको सचेतना, स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने विषयमा समेत पहल गर्ने जनाएको छ।

​ शान्ती पुर्नस्थापना केन्द्रको सेफहाउसमा रहेका बालबालिकाहरूलाई सोमबार अदालतमा बयानका लागि पेस गरिनेछ। अदालतको प्रक्रिया र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयसँगको आवश्यक सहकार्य पश्चात् सामुदायिक बिकास केन्द्रको सहयोगमा बालबालिकाहरूलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइने बताईएको छ ।