महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको आध्या स्कुलका सञ्चालक समिति सदस्य दिपेन भट्टले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित वित्तीय व्यावसायिक योग्यता चार्टर्ड फाइनान्सियल एनालिस्ट (CFA) चार्टर प्राप्त गरेका छन्।

सिभिल इन्जिनियरिङ अध्ययन गरेका भट्टले इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरेका थिए।  हाल उनी अमेरिकाको वासिङ्टन युनिभर्सिटी इन सेन्ट लुइसमा वित्तीय गणित तथा विश्लेषणमा आधारित क्वान्टिटेटिभ फाइनान्स विषयमा स्नातकोत्तर अध्ययनरत छन्। उनको अध्ययन आगामी डिसेम्बरमा पूरा हुने उनीसँग नजिक रहेका एकजनाले निश्पक्ष आवाजलाई बताएका छन । 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

वित्तीय विश्लेषण, लगानी व्यवस्थापन तथा जोखिम मूल्याङ्कनका क्षेत्रमा महत्त्वपूर्ण मानिने CFA चार्टर प्राप्त गर्नु भट्टको शैक्षिक तथा व्यावसायिक यात्राको उल्लेखनीय उपलब्धि हो।

सिभिल इन्जिनियरिङबाट सुरु भएको उनको शैक्षिक यात्रा वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय व्यावसायिक योग्यतासम्म पुग्नुले निरन्तर सिकाइ र नयाँ क्षेत्रमा विशेषज्ञता हासिल गर्ने उनको प्रयासलाई दर्शाउँछ। 

भट्टको यो उपलब्धि उनी संचालक समिती सदस्य रहेको आध्या स्कुलका साथ-साथै सुदूरपश्चिमका युवाका लागि प्रेरणादायी बन्न सक्ने अपेक्षा गरिएको छ।