कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयमा रिक्त रहेका विभिन्न सङ्कायका डिन, केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसको प्रिन्सिपल पदमा नयाँ पदाधिकारीहरू नियुक्त भएका छन्।

​विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ साल असोज २८ गते बसेको बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट उक्त नियुक्तिहरू गर्ने निर्णय गरेको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​विश्वविद्यालय केन्द्रिय कार्यालयका अनुसार विभिन्न सङ्काय, केन्द्र र क्याम्पसको प्राज्ञिक तथा प्रशासनिक नेतृत्वका लागि नियुक्त भएका प्राध्यापकहरूमा ​व्यवस्थापन सङ्कायका डिन सह प्रा. डा. शिवप्रसाद सापकोटा,​शिक्षाशास्त्र सङ्काय डिनमा सहप्रा. डा. नाथुराम चौधरी,​विज्ञान तथा प्रविधि सङ्काय डिनमा सह.प्रा. डा. प्रेम सिँ साउद, ​स्वास्थ्य विज्ञान सङ्काय डिनमा सहप्रा. डा. डबल बहादुर धामी, ​मानविकी तथा सामाजिकशास्त्र सङ्काय डिनमा प्रा. डा. राजेन्द्र प्रसाद भट्ट, ​अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्रा. डा. महेन्द्रराज जोशी, ​भाषा साहित्य तथा संस्कृति केन्द्र निर्देशकमा प्रा. डा. हरिश्चन्द्र भट्ट तथा केन्द्रीय क्याम्पस प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन।

​पदाधिकारी सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा योग्य उम्मेदवारहरूको मूल्याङ्कन गरी सिफारिस गरेपश्चात् कार्यकारी परिषद्ले उहाँहरूलाई जिम्मेवारी सुम्पेको हो। नवनियुक्त पदाधिकारीहरूले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र प्रशासनिक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।