कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत पुगेका छन्।
सभापति लामिछानेले २०८३ कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत भ्रमण गर्न लागेको उनको निजी सचिवालयले कार्यक्रम शुरु हुनुपुर्व नै सुचना मार्फत जानकारी गराएको थियो।
निजी सचिवालयद्वारा कात्तिक ५ गते जारी प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछाने धनगढी सम्म तथा कञ्चनपुर हुँदै भारतको उत्तराखण्डस्थित नैनीताल क्षेत्रमा पर्ने कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ।
निजी सचिवालयले सभापति लामिछानेको भ्रमण पूर्णतः निजी तथा पारिवारिक रहेको स्पष्ट पार्दै पार्टी पङ्क्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराएको छ।


टिप्पणी