महेन्द्रनगर, कञ्चनपुर

भीमदत्त नगरपालिका वडा नं. ९ अन्तर्गतका खल्ला, मसेट्टी, कुर्जेनी तथा टुँडिखेल क्षेत्रका स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा मोबाइल नेटवर्कमा आएको समस्या समाधानको माग गर्दै नेपाल टेलिकमको कञ्चनपुर शाखामा सिफारिस पत्रसहित निवेदन बुझाएका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​टुँडिखेल स्थित हाल सञ्चालनमा रहेको नेपाल टेलिकमको टावरले टुँडिखेलको माथिल्लो भेग, कुर्जेनी टोल तथा खल्लाका विभिन्न स्थानहरूमा उचित तरिकाले काम नगरेको स्थानीयको भनाइ छ। मोबाइल सेवा प्रभावकारी नहुँदा त्यस क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुनुपरेको छ।

​उक्त समस्या समाधानका लागि भीमदत्त नगरपालिका वडा नं. ९ को कार्यालयबाट पत्र संख्या २०८३/०८४, चलानी नम्बर ४२६ र मिति २०८३/०६/२९ मा नेपाल टेलिकमलाई सम्बोधन गरी नेटवर्क सुचारु गरिदिन औपचारिक सिफारिस गरिएको छ।

​स्थानीय धन बहादुर धामीको नेतृत्वमा ४३ जना बासिन्दाहरू तथा रास्वपा कञ्चनपुरका भिमदत्त नगर समितिका सभापती दिनेश भट्ट सहितको टोलीले संयुक्त हस्ताक्षर/नामावलीसहित टेलिकम शाखामा ध्यानाकर्षण गराइएको छ ।