कञ्चनपुर, असार १७ — सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संकायमा सञ्चालित B.Sc.CSIT कार्यक्रमका विद्यार्थीहरूले संकायको नेतृत्व, भौतिक पूर्वाधार तथा शैक्षिक व्यवस्थापन सुधारको माग गर्दै विज्ञप्ति जारी गर्दै डीन कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पसहरुलाई हतार-हतारमा विद्यार्थी कोटा थप गर्ने कार्यमा समेत उपकुलपती, रजिस्ट्रार तथा डीनको भुमिका संकास्पद रहेको बिषय शैक्षिक बजारमा चर्चामा रहेको बेला विद्यार्थीहरुले डीन कार्यालयमा तालाबन्दी गरिनु कुनै अच्चमित कुरा नभएको जानकारहरुको बुझाई रहेको छ। 

विद्यार्थीहरूले विश्वविद्यालय स्थापना भएदेखि विज्ञान तथा प्रविधि संकाय अन्तर्गत सञ्चालित B.Sc.CSIT कार्यक्रमले विश्वविद्यालयको शैक्षिक गुणस्तर तथा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरेका छन्। तर पछिल्लो समय संकायको नेतृत्व तथा व्यवस्थापन पक्ष प्रभावकारी हुन नसकेको उनीहरूको आरोप छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विज्ञप्तिमा हालका डिन प्रा. डा. भवानी चन्द्र ठकुरीको नेतृत्वमा अपेक्षा अनुसार शैक्षिक तथा भौतिक सुधार हुन नसकेको उल्लेख गरिएको छ। विद्यार्थीहरूले विगतको तुलनामा वर्तमान नेतृत्वमा काम गर्ने शैलीमा फरकपन देखिए पनि अपेक्षित सुधार हुन नसकेको दाबी गरेका छन्।

विद्यार्थीहरूले विभिन्न मागसमेत अघि सारेका छन्। उनीहरूले विज्ञान तथा प्रविधि संकायको भवन निर्माण कार्यलाई प्राथमिकताका साथ सम्पन्न गरी आधुनिक पूर्वाधार विकास गर्नुपर्ने, विश्वविद्यालय अनुदान आयोगमा पेश गरिएका प्रस्तावहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने तथा छात्रवृत्ति व्यवस्थापनलाई पारदर्शी बनाउनुपर्ने माग गरेका छन्।

त्यसैगरी, क्याम्पस सञ्चालनसँग सम्बन्धित नीतिगत कार्यहरूको नियमित अनुगमन, मूल्यांकन तथा सुधारका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने मागसमेत गरिएको छ। BIT कार्यक्रम निर्माणमा आवश्यक नेतृत्व, समन्वय र पहल नभएको, CSIT र BIT अध्ययनरत विद्यार्थीहरूको अनिवार्य इन्टर्नसिपका लागि प्रभावकारी व्यवस्था हुन नसकेको विषय पनि विज्ञप्तिमा उठाइएको छ।

विद्यार्थीहरूले निजी +२ तहमा अध्यापन गर्ने शिक्षकहरूलाई विभागीय जिम्मेवारी दिने विषयमा समेत प्रश्न उठाएका छन्। साथै, विज्ञान तथा प्रविधि संकायलाई अन्य विभागहरूको तुलनामा अझ बढी ज्ञान, गुणस्तर र शैक्षिक सुधार केन्द्रित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

विज्ञप्तिको अन्त्यमा विद्यार्थीहरूले आफ्ना मागहरूप्रति विश्वविद्यालय प्रशासनले समयमै ध्यान दिनुपर्ने र आवश्यक कदम चाल्नुपर्ने आग्रह गरेका छन्।