काठमाण्डौ -नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै शानदार जित निकालेको छ। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गरेको हो।

टसपछि पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि डी. नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान आर. पौडेलले ३१ बलमा ३० रन बनाए भने एन. डिकवेलाले १७ बलमा २८ रन जोडे। त्यस्तै ए. शेखले १२ बलमा २४ रन बनाए।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

लुम्बिनीलाई मध्यम योगफलमा रोक्ने क्रममा सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले आक्रामक ब्याटिङ गर्दै १३.३ ओभरमै १५८ रन बनायो। टोलीले कुनै पनि विकेट गुमाएन र ३९ बल बाँकी रहँदै १० विकेटको जित दर्ता गर्‍यो।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपिएलका तीनवटै सिजनमा फाईनल खेल्दै तेस्रो पटकमा उपाधी जित्न सफल भएको छ।