कञ्चनपुर, २९ असोज 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (आरक्ष) विस्तारका क्रममा वर्षौंदेखि विस्थापित हुँदै आएका आरक्ष पीडितहरूले आफूहरूको समस्या अझै समाधान नभएको भन्दै गम्भीर गुनासो गरेका छन्। उनीहरूले सुदूरपश्चिम प्रदेश, कैलाली क्षेत्र नं. २ का माननीय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​विस्थापितहरूको लामो सङ्घर्ष र बाचा उल्लङ्घन

राजतन्त्रको समयदेखि नै सुदूरपश्चिमका ७ वटै जिल्लाको भ्रमण गरी तत्कालीन राजा महेन्द्र सरकारले भोका जनतालाई बसाउने निर्णय बमोजिम रानी वनको चारकोसे झाडीमा ऐलानी खाली बस्ती बसाइएको थियो। पछि यस क्षेत्रको नाम परिवर्तन गरी शुक्लफाँटा सिकार आरक्ष, वन्यजन्तु आरक्ष हुँदै हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाइएको हो।

​आरक्ष विस्तारका क्रममा पटक-पटक गरी ४३१४ परिवार विस्थापित भएका थिए। सरकारले जग्गाको सट्टापट्टा दिने बाचा गरे पनि हालसम्म सो बाचा पूरा नभएको पीडितहरूको भनाइ छ। विस्थापितहरूले २०५९ सालदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्। विभिन्न समयमा गठन भएका आयोगहरूले तथ्याङ्क सङ्कलन बाहेक ठोस काम नगरेको र पटक-पटकको आश्वासन पनि आश्वासनमै सीमित भएको सङ्घर्ष समितिको आरोप छ।

​हात्तीको आक्रमणबाट महिलाको मृत्यु, असुरक्षा बढेको गुनासो

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

हालै आरक्ष क्षेत्रभित्रै तारापुर, ढक्का र लगायतका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका आरक्ष पीडित परिवारमध्ये मिति २०८३/०७/२४ गते राती हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको पीडित पक्षले जनाएको छ। 

बारम्बार ज्ञापन पत्र बुझाउँदा पनि सरकारबाट कुनै प्रभावकारी पहल नभएको र दुई तिहाइ नजिकको सरकारबाट पनि काम हुने आशा निराशामा परिणत भएको उनीहरूको गुनासो छ। 

संविधानको धारा १६, २३ र ३७ मा उल्लिखित मौलिक अधिकारहरू आरक्ष पीडित परिवारका लागि किन लागू भइरहेका छैनन् भन्दै उनीहरूले प्रश्न उठाएका छन्।

​आरक्ष पीडितका प्रमुख मागहरू:

१. १० कट्ठा नघटाई आरक्ष पीडितलाई जमिन उपलब्ध गराइयोस्।

२. आरक्ष पीडितको एउटै वडा घोषणा गरियोस्।

३. आरक्ष पीडित परिवारलाई आधारभूत कुराहरू नि:शुल्क र ग्यारेन्टी गरियोस्।

४. आरक्षभित्र ज्यान गुमाएका आरक्ष पीडितलाई सहिद घोषणा गरियोस्।

५. २५ वर्ष सम्मको क्षतिपूर्तिको व्यवस्था गरियोस्।

६. आयोग बनाउँदा आरक्ष पीडितहरूको पनि सहभागिता गराइयोस्।

​सङ्घर्ष समितिका अध्यक्ष जय बहादुर राकाय र सचिव चेत राज पनेरुद्वारा हस्ताक्षरित यस ज्ञापन पत्रमार्फत आरक्ष पीडित परिवारलाई तत्काल राहत, सुरक्षा र उचित पुनःस्थापनाको व्यवस्था गर्न जोडदार माग गरिएको छ।