महेन्द्रनगर: नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कञ्चनपुरमा जिल्ला निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यसमिति कञ्चनपुरले जिल्ला निर्वाचनसम्बन्धी मतदाता नामावली सार्वजनिक गरेको छ।
निर्वाचन अधिकृत नरेन्द्र सिंह भण्डारीद्वारा जारी सूचनाअनुसार सार्वजनिक गरिएको मतदाता नामावलीमाथि दाबी–विरोध गर्न २०८३ मंसिर ४ गते बिहान १० बजेसम्मको समय निर्धारण गरिएको छ।
त्यस्तै, निर्वाचन कार्यक्रमअनुसार मंसिर ४ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। उम्मेदवारको नामावली सोही दिन साँझ ५ बजे सार्वजनिक गरिने सूचनामा उल्लेख छ।
निर्वाचनसम्बन्धी थप कार्यक्रम भने पछि सार्वजनिक गरिने नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यसमिति कञ्चनपुरले जनाएको छ।


टिप्पणी