महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत भीमदत्त नगरपालिकामा जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ।

भीमदत्त नगरपालिका–१० स्थित श्रीलंका टोलमा जग्गा नापजाँचको काम सम्पन्न भएपछि बिहीबारदेखि भीमदत्त नगरपालिका–९ स्थित शिवटोल बादी बस्तीमा समेत जग्गा नापजाँचको काम सुरु गरिएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

वर्षौंदेखि जग्गाधनी पुर्जा प्राप्तिको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि जग्गा नापजाँचको काम अघि बढ्नु महत्वपूर्ण र सुखद सुरुवातका रूपमा हेरिएको छ। जग्गासम्बन्धी समस्या समाधान गर्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रियामा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नापजाँचको प्रक्रियालाई व्यवस्थित, पारदर्शी र शीघ्र रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको जग्गा नापजाँचमा संलग्न एकजनाले छन ।

लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका स्थानीय बासिन्दा जग्गा नापजाँच सुरु भएसँगै पुर्जा प्राप्त हुने आशामा उत्साहित भएका छन्।