२४ असोज २०८२

ओमानमा आज भएको T20 विश्वकप २०२६ को एसिया तथा इष्ट एसिया छनौट खेलमा नेपालले जापानलाइ पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो विकेटको रुपमा आनन्दलाइ १ रनको निजि स्कोरमा दिपेन्द्रले रन आउट गरेका  थिए । 

ओपनर फ्लेमिङको उत्कृष्ठ ६० रन तथा रहमानको ३१ रन बाहेक अन्य खेलाडीलाई नेपालका बलर अगाडि रन बनाउन गार्हो भएको थियो । जापानलाइ  रनमा रोक्न गुलसन झाले ४ ओभरमा २० रन दिदै २ विकेट लिए, पहिलो दुई ओभरमा धेरै रन खर्चिएका स्पिनर सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर २ विकेट लिएका थिए । 

सोमपालले राम्रो खेल देखाउदै एक, अन्तिम ओभरमा ललितले एक विकेट तथा कप्तान रोहित पौडेलले एक रन आउट गर्दै जापानलाइ  १३१/८ को स्कोरमा रोकेको थियो । १३२ रनको पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा २१ र आसिफ शेखले २१ बलमा ३८ रन बनाउदै टिमलाई बलियो शुरुवात गरेका थिए । नेपालको पहिलो विकेटको रुप ५औ ओभरको अन्तिम बलमा ठूलो सट प्रहार गर्ने प्रयासमा जापानका कप्तानको हातबाट कुशल भुर्तेल क्याच आउट भएका थिए । 

मध्यक्रममा गुल्सन झा र दिपेन्द्रले नटआउट रहदै टिमलाई जित सम्म पुर्‍याए । गुल्सनले २० बलमा २८ तथा दिपेन्द्रले १४ बलमा १४ रन बनाउदै नेपालको स्कोर १३२ सम्म पुर्‍याउदै नेपाललाई ५ विकेटले जिताएका थिए ।