कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भलिबल संघको छैटौँ अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा उद्घाटन गरिएको छ।
बिहिबार भीमदत्त नगरपालिका–४ स्थित होटल चेतनको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पानसमा दीप प्रज्वलन गरेर गरेका हुन्।
सुदूरपश्चिम प्रदेश भलिबल संघका अध्यक्ष देवराज भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा भलिबल संघ नेपालका उपाध्यक्ष भरत शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका भलिबल संघका प्रतिनिधि, खेलाडीहरु तथा पत्रकारहरु समेतको उल्लेख्य सहभागिता रहेको थियो।
उदघाटन कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले सुदुरपश्चिम लगायत देशभरी समेत भलिबलमा राम्रो सम्भावना रहेको भएतापनी श्रोत साधन तथा बजेट अभावका कारण सोचे अनुरुप नतिजा हासिल गर्न नसकेको बताएका थिए।
अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै बन्दशत्र सुरु भएको आयोजकले जनाएको छ। बन्दसत्रबाट सुदुरपश्चिम प्रदेशसंघको आगामी नेतृत्व चयन तथा अन्य सांगठनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


टिप्पणी