काठमाडौँ: वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर एन्ड्रे रसेलको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन मात्रै बनाउन सक्यो। अन्तिमसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा जनकपुर २ रनले पछि पर्दै पराजित भयो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विराटनगरको जितमा रसेल नायक बने। उनले ब्याटिङतर्फ अर्धशतकीय योगदान दिनुका साथै बलिङमा ४ विकेट लिएर टोलीको जित सुनिश्चित गरे। उनको अलराउन्ड प्रदर्शनले जनकपुरको जितको सम्भावनालाई अन्तिम समयमा निराशामा बदलिदियो।

जनकपुरका लागि बंगलादेशी ब्याटर सैफ हसनले सर्वाधिक ७१ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। लक्ष्यनजिक पुगेको जनकपुर अन्तिम ओभरसम्म जितका लागि संघर्षरत रहे पनि विराटनगरको बलिङसामु निरीह बन्यो।

यस जितसँगै विराटनगरले प्रतियोगिताको अंकतालिकामा महत्त्वपूर्ण दुई अंक जोडेको छ। समान ४ अंक रहेका विराटनगर, जनकपुर र कर्णाली याक्समध्ये राम्रो नेट रनरेटका आधारमा विराटनगर शीर्ष स्थानमा उक्लिएको छ।

रसेलको विस्फोटक ब्याटिङ र घातक बलिङसँगै विराटनगरले एनपीएलमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com