२२ जेठ २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

बैतडी :  बैतडीको देहिमाण्डौमा भारतनेपाल मेला आजबाट शुरु हुनगइरहेको छ ।  दशरथचन्द न पा को आयोजनामा हुने उक्त मेला ५ दिन सम्म लाग्ने छ  । नेपालमै सास्कृतिक , परम्परागत तथा दैविक शक्तीको क्षेत्रमा अगाडी मानिने बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको देहिमाण्डौमा आजबाट मेला शुरु भइरहेको र ५ दिन उक्त मेला संचालनमा रहने आयोजक टिमले जानकारी गराएको छ । सुदूरपश्चिमका अधिकाश कलाकारहरु तथा भारतको उतराखण्डका १८ देखि २० जना कलाकारले मेलामा साँस्कृतिक प्रस्तुती राख्ने छन् । यसका साथै ग्रामिण क्षेत्रमा लुकेर बसेका प्रतिभाहरुलाई मेलामा विषेश स्थान दिइने संञ्चालक समितिको भनाइ रहेको छ  ।

निशुल्क रुपमा हेर्न पाईने  उक्त मेलामा  छलिया, हुड्केली, झोडा, चाँचरी, ढुस्को, धमारी, ठाडोखेल, सगुना फाग लगायतका मौलिक प्रस्तुतीहरु मेलाको आक्रषणका रुपमा रहनेछन् ।

बैतडी जिल्लाबाट बसाईसराई गरी अन्य स्थानहरु बसाई सरेकाहरुलाई समेत निशुल्क रुपमा हेर्न पाईने र त्यसै निँहुमा आफ्नो पुर्खौली देवी देवता तथा पुर्खौली थलो समेत पुग्दै उक्त मेलामा जाने मौका रहेको बताउछन बैतडी जिल्लाबाट बसाई सरि हाल महेन्द्रनगर कञ्चनपुरमा बस्ने दिगम्बर भट्ट ।