काठमाण्डौ

०५ जेठ २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नेपालले आज थाईलेण्डको Terdthai cricket ground मा भएको T20  क्रिकेटको खेलमा युएईलाई ५ विकेटले हराउदै विश्वकप ग्लोबल छनौटमा आफ्नो स्थान पक्का गरेको हो । युएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाउदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।  जवाफी ब्याटिङमा उत्रिएको नेपाली खेलाडिहरुले १९.३ ओभरमा ११५ रन बनाउदै जित पक्का गरेको हो । युएईलाई ११४ रनमा रोक्नको लागी नेपालकि मनिसा उपाध्यायले ४ ओभरमा २० रन खर्चिदै ४ विकेट लिईन भने त्यस्तै कविता कुवरले ४ ओभरमा एक मेडेन सहित १८ रन खर्चिदै २ विकेट लिईन नेपालका लागि अर्कि खेलाडि राजमति एरीले ४ ओभरमा २२ रन खर्चिदै १ विकेट लिएकि थिएन ।

दोस्रो ईनिङमा ११५ रनको लक्ष्य लिई मैदानमा उत्रिएको नेपाली महिला ब्याटर टोलीले १९.३ ओभरमा ५ विकेट गुमाउदै आफ्नो जित सुनिश्चित गर्दै विश्वकपप ग्लोबल छनौट भएको थियो । नेपालकि ओपनर ब्याटर सम्झना खडकाले २७ बल खेल्दै २१  रन बनाउदा अर्कि ओपनर राजमति एरीले १३ बलमा ८ रन बनाउदै रन आउट हुन पुगेकि थिईन । जितको लागी नेपालकि ईन्दु वर्माले २८ बलमा अजिवित ३० रनको योगदान दिएकि थिईन भने रुबिना क्षेत्रीले १८ बलमा २३ रनको  उत्कृष्ठ ईनिङ खेलेकि थिईन  ।  

 आजको खेलबाट नेपालले शिर्ष २ मा स्थान बनाउन सफल भएको हो विश्वकप छनौटको लागि नेपालको यात्रा भने अझै सजिलो छैन नेपालले यसै वर्ष टी२० विश्वकप क्रिकेट छनौट खेल्ने छ । १० टोलीको सहभागितामा हुने ग्लोबल छनौटमा शिर्ष ४ मा पुग्ने टोली भने सन २०२६ मा बेलायतमा हुने विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन ।