बझाङ: बझाङको बुंगल नगरपालिकामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सोमबार / कात्तिक ३० गते बिहान करिब १०:२० बजे बुंगल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना भएको हो।

टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएपछि सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको अनुमान रहेको श्रोतले जनाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रहरीको पछिल्लो विवरणमा सोही स्थानका ४/५ वर्षीय रियास महराको पनि मृत्यु भएको उल्लेख छ।

दुर्घटनामा घाइते भएका १२/१३ वर्षीय विक्रम महरा सकुशल घर फर्किएको बुझिएको छ। अटो चालकले भने दुर्घटनाका क्रममा हाम फालेर ज्यान जोगाएका छन्। तर, उनको परिचय खुल्न सकेको छैन।

दुर्घटनाको खबर पाएपछि अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दारको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ भने घटनाबारे थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ।