०१ पुस २०८१

काठमाण्डौमा चलिरहेको नेपाल प्रीमियर लिगको सिजनमा आज कर्णाली रनरेटको आधारमा छनौट भए संगै अन्तिम चार टोलीको टुंगो लागेको छ । आज बिहान सुदुरपश्चिम विरुद्ध  कर्णालीको खेलमा कर्णाली पराजित भएको थियो भने १५ ओभर पछि मात्रै सुदुरको टोलीले टार्गेट भेटाउदा कर्णाली याक्स जारी NPL को अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो । 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सुदुरका मार्की खेलाडी समेत रहेका दिपेन्द्र सिंह ऐरीको अलराउण्ड खेलको कारण सुदुरले कर्णाली माथी सहज जित निकालेको थियो । बलिङ तर्फ २ विकेट लिएका दिपेन्द्रले फिल्डिङ तर्फ समेत दुई रन आउट गरेका थिए । सानो टार्गेट पाएका सुदुरपश्चिमको विकेट छिटै आउट हुदा इशान पाण्डे सङ्ग दिपेन्द्रको इनिङले सुदुरलाई  खेल जिताउन महत्त्वपूर्ण साझेदारी दिएका थिए  ।  दिपेन्द्रले ३८ रन बनाउदै टीमलाइ जित सम्म पुर्‍याउन प्रमुख भुमिका खेलेका थिए । यो सङ्गै सुदुरपश्चिम रोयल्स , जनकपुर बोल्टस , चितवन राइनोज तथा कर्णाली याक्स अन्तिम चारमा पुग्ने टोली भएका छन ।