महेन्द्रनगर, कञ्चनपुर

​निङ्गलाशैनी विकास समाज, महेन्द्रनगर, कञ्चनपुरको आयोजनामा आजदेखि ‘पुरुष डबल्स जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’ औपचारिक रूपमा सुरु भएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

युवाहरुलाई अन्य बाटोमा नलागी खेलकुदलाई आफ्नो जीवनसङ्ग जोडुन भन्ने उदेश्यसाथ ​बडा दशैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा आयोजित यस प्रतियोगितामा कञ्चनपुर जिल्लाभरिबाट ६० भन्दा बढी टिमहरूले सहभागिता जनाएका छन्।

​आज आयोजित एक भव्य समारोहका बिच प्रतियोगिताको समुद्घाटन गरिएको हो। कार्यक्रममा समाजका प्रतिनिधिहरू, स्थानीय खेलप्रेमी, खेलाडी तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

​खेलकुदको माध्यमबाट युवाहरूमा भ्रातृत्व र अनुशासनको भावना विकास गराउनुका साथै चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक टोलीका सदस्य तथा निङ्गलाशैनी समाजका सचिव गणेश भट्टले निश्पक्ष आवाज अनलाईनलाई जानकारी गराएका छन। उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ।