एसईई – २०८२को नतिजा सार्वजनिक, लिटिल बुद्ध एकेडेमीको नतिजामा उत्कृष्ट सफलता

२९ बैशाख महेन्द्रनगर, कञ्चनपुर — लिटिल बुद्ध एकेडेमीले यस वर्षको एसईई २०८२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ५५ जनाले A+ ग्रेड प्राप्त गरेका छन् भने ७२ जनाले A, ११ जनाले B+ तथा १ जनाले B ग्रेड हासिल गरेका विद्यालयले जनाएको छ।

विद्यालयका विद्यार्थी अनमोल चन्द र शशांक जोशीले ४ जिपिए ल्याउँदै विद्यालयसहित कञ्चनपुर जिल्लाकै गौरव बढाएका छन्। उत्कृष्ट नतिजापछि विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीबीच खुसीको वातावरण छ।

विद्यालय प्रशासनले विद्यार्थीको मेहनत, शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ। साथै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको २९ दिनमै एसईई २०८२ को नतिजा सार्वजनिक गरेको थियो। सार्वजनिक नतिजाअनुसार देशभर ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।