ब्रेकिङ न्युज

कञ्चनपुर २o८३ बैशाख ६ आइतबार
कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार महादेव अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ। आइतबार संघको ३४औँ वार्षिक साधारणसभाको अवसरमा अवस्थीलाई दोसल्ला, नगदका साथै प्रमाणपत्रले सम्मान गरिएको हो।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल र वाणिज्य संघका जिल्ला अध्यक्ष दिनेश मल्लले अवस्थीलाई नगद पाँच हजार एक सय र प्रमाणपत्र प्रदान गरे। आर्थिक क्षेत्रमा समाचार सम्प्रेषण गरेर अर्थव्यापारमा टेवा पुर्‍याएकोमा उनलाई पुरस्कार प्रदान गरिएको वाणिज्य संघका महासचिव राहुल भट्टले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: