कञ्चनपुर – बैशाख- ०३
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा रहेको वडा नम्बर ८ र १० जोडने गज्जर खोला पुलको निर्माण कार्य तिब्र गतिमा संचालन भइरहेको छ। उक्त पुल योजनाले गज्जर गाउँलाई प्रत्यक्ष रुपमा बिकासको ढोका खुल्नेमा कुनै शङ्का छैन तर पुल योजनालाई हेरिरहेको कार्यालयमा उक्त योजनाको डि.पि.आर. नभेटिनुले अचम्मित तुल्याएको छ।

न्यु जोशी जे.भि. र महरा जे.भि. ले संयुक्त रुपमा निर्माण गरिरहेको पुल योजना लगभग ७ महिना बितिसक्दा समेत कार्यालयबाट साइडमा खटिएका कर्मचारीहरुले आफुलाइ डिपिआर बारे कुनै जानकारी नभएको बताउछन।
“विस्तृत परियोजना प्रतिवेदन” नबनेर कुनै योजना हुन्छ वा हुदैन भन्ने बिषय निर्माण व्यवसायी संघ कंचनपुरका पदाधिकारीका अनुसार, विस्तृत परियोजना प्रतिवेदन नभएर योजना शुरु नहुनुपर्ने तर यसबारेमा बढी जानकारी भने पुर्वाधार बिकास कार्यालय, कंचनपुर संग हुने बताएका छन।

४ करोड १९ लाख ४३ हजार ८ सय ४४ बजेट बराबरको पुल योजना बिना डि.पि.आर. को हुनसक्ने वा नसक्नेबारे पुर्वाधार बिकास कार्यालय, कंचनपुरका प्रमुख इन्जिनियरसंग बुझ्दा आफुलाइ यो बिषयमा कुनै जानकारी नभएको र कार्यालयमा समेत यो योजनाको डिपिआर नरहेको स्वीकार गरेका छन।
पुल निर्माण कार्य शुरु हुदा योजनासंग जमिन जोडिएका जग्गा धनीसंग समेत सहमती गरेको कुनै पनि सहमतिपत्र योजनासंग सम्बन्धित फाइलमा देखाइएको छैन। सोइल टेष्ट रिपोर्ट र ड्रोइङको आधारमा आफुहरु काम गरिरहेको अर्का प्राविधिकले बताएका छन।
