ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर, २१ जेठ — कारागार कार्यालय कञ्चनपुरबाट फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भदौ २४ गते कारागार कार्यालय कञ्चनपुरबाट भागी फरार भएका प्रतिवादीहरूलाई खोजतलास तथा पक्राउ अभियानका क्रममा आज निज व्यक्तिहरुलाई  नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, बाणी निवासी मदन चौधरी रहेका छन्। उनी ज्यान जाँचसम्बन्धी कसुर मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।

त्यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३, राजपुर निवासी अर्जुन खड्का पनि पक्राउ परेका छन्। उनी लागूऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका प्रतिवादी हुन्।

फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको कञ्चनपुर प्रहरीले जनाएको छ। प्रहरीले फरार अपराधीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको समेत  कंचनपुर प्रहरीले बताएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: