
पक्कै पनी होला ॥
मलाई पनी त प्यार, पक्कै पनी होला ।
आफ्नै छुट्टै संसार, पक्कै पनी होला ॥
फरार छिन रे अचेल, मेरो दिल चोरेर ।
यसपाली त गिरप्तार, पक्कै पनी होला ॥
अन्धा वहिरा छन रे, सत्तामा वसेका ।
एक दिन सुन्ने सरकार, पक्कै पनी होला ॥
वेहुली वनाउने यति, विध्न सुन्दरीलाई ।
मेरो सपना साकार, पक्कै पनी होला ॥
साहस गरी प्रस्ताव, मैले पठा कै छु ।
यसपाली त स्विकार, पक्कै पनी होला ॥
मलाई पनी त प्यार, पक्कै पनी होला ।
आफ्नै छुट्टै संसार, पक्कै पनी होला ॥
- राम वहादुर पाली बोगटी (बिपि बोगटी)
