बैतडी, जेठ २३ – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत जगन्नाथ बहुमुखी क्याम्पस, गोठालापानी बैतडीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले बैतडी जिल्ला अस्पतालमा गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा विस्तारको माग गर्दै अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएको छ।

स्ववियु अध्यक्ष रोशन महरको हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्रमा बैतडी जिल्लावासीले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न विभिन्न समस्या भोग्नुपरेको उल्लेख गरिएको छ। भौगोलिक रूपमा विकट रहेको बैतडीमा सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत नागरिकहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै अस्पतालको सेवा सुधार गर्न तत्काल आवश्यक पहल गर्न आग्रह गरिएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

ज्ञापनपत्रमा विशेषगरी मुटु, मिर्गौला लगायतका जटिल रोगका बिरामीहरूले उपचारका लागि डडेलधुरा, धनगढी तथा अन्य शहर धाउनुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। यसले बिरामी र उनका परिवारलाई आर्थिक, मानसिक तथा सामाजिक रूपमा थप कठिनाइ भोग्नुपरेको स्ववियुको भनाइ छ।

स्ववियुले अस्पताल व्यवस्थापन समितिसमक्ष निम्न मागहरू अघि सारेको छः

-बैतडी जिल्ला अस्पतालमा मिर्गौला डायलासिस सेवा तत्काल सञ्चालन गर्नुपर्ने।

-अस्पतालको आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

-बिरामीलाई गुणस्तरीय, प्रभावकारी तथा पारदर्शी स्वास्थ्य सेवा प्रदान गरिनुपर्ने।

-ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा असहाय नागरिकका लागि सहज र प्राथमिकतायुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने।

-अस्पतालमा आवश्यक औषधि, उपकरण तथा प्रयोगशाला सेवाको नियमित र व्यवस्थित व्यवस्थापन गरिनुपर्ने।

-स्वास्थ्य सेवामा हुने ढिलासुस्ती, अव्यवस्था तथा लापरवाही नियन्त्रण गरी अस्पताललाई सुशासनयुक्त बनाइनुपर्ने।

-जिल्ला बाहिर उपचारका लागि बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अस्पतालको सेवा विस्तार र सुदृढीकरण गर्नुपर्ने।

-विशेषज्ञ सेवा र रोगअनुसारका उपचार सुविधाहरू विस्तार गरी अस्पताललाई थप प्रभावकारी बनाउनुपर्ने।

स्ववियुले अस्पताल व्यवस्थापन समितिले जिल्लावासीको स्वास्थ्य अधिकारलाई ध्यानमा राखी मागहरू तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ। साथै, गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफूहरूले निरन्तर खबरदारी गर्ने पनि जनाएको छ।