कञ्चनपुर, २५ जेठ

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत महासंघ कञ्चनपुर शाखाले प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी सरकारी निर्णय खारेजी गरी निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले सो हस्ताक्षर बुझाइएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​महासंघ कञ्चनपुर शाखाले जेठ ७ गतेदेखि १४ गतेसम्म संकलन गरेको हस्ताक्षर आज बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको हो। महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीले जिल्लास्थित पत्रकारहरूको उपस्थितिमा उक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो।

​हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन बिष्टलगायत जिल्लाभरिका क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो।

सरकारले निजी सञ्चार माध्यमहरूलाई विज्ञापनमा रोक लगाएपछि सञ्चार क्षेत्रमा चरम आर्थिक संकट चुलिएको छ। केन्द्रीय कार्यतालिका अनुसार महिनौँदेखि देशभरिका पत्रकारहरू आन्दोलित भए पनि सरकारले भने हालसम्म यस विषयमा कुनै सुनुवाइ वा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।