सुदुरपश्चिम प्रदेश, ३१ जेठ-डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा राखेको टेम्पो जानीजानी भिरबाट खसालेको भन्ने सामाजिक सञ्जालका हल्लाहरू पूर्ण रूपमा भ्रामक रहेको प्रष्ट पारेको छ। कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गरेको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​विज्ञप्तिका अनुसार, वन प्रशासनले अत्यन्त संवेदनशील र कमजोर वातावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा लामो समयदेखि हुँदै आएको गैरकानूनी वन अतिक्रमण, सार्वजनिक जमिनको भागबन्डा, बेचबिखन र अवैध खोका-छाप्राहरू खडा गर्ने कार्यलाई नियन्त्रण गर्दै आएको छ।

​गुड्ने टेम्पो नभई ‘कवाडी अस्थिपञ्जर’ मात्रै रहेको खुलासा

​कार्यालयले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभएको स्पष्ट पारेको छ। उक्त वस्तु चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको, धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र रहेको र जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) का रूपमा स्थापना गरिएको डिभिजन वन कार्यालयको भनाइ छ।

​अटेर गरेपछि हटाउन खोज्दा दुर्घटनावश खसेको दाबी

​उक्त कवाडी ढाँचालाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैका अन्य १० वटा छाप्राहरू हटे पनि कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरेका थिए। त्यसबेला वन कर्मचारीहरूले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्‍याइदिएका थिए, तर निजले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गर्दै आएका थिए। यस पटक पनि हटाउन निर्देशन दिँदा निजले गालीगलौज गर्दै अटेर गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

​मिति २०८३/०२/२९ गते पुनः अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भिरबाट खस्न पुगेको कार्यालयले जनाएको छ।

​भ्रामक प्रचार नगर्न अपिल

​कानुनबमोजिम गरिएको वन संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढङ्गले प्रचारप्रसार नगर्न तथा सत्यतथ्य बुझिदिन डिभिजन वन कार्यालय कैलालीले आम नागरिकसँग हार्दिक अनुरोध गरेको छ। उक्त प्रष्टीकरण वक्तव्यमा डिभिजन वन अधिकृत (डि.व.अ.) डा. राम विचारी ठाकुर लगायत २२ जना वन कर्मचारीहरूको हस्ताक्षर रहेको छ।