कंचनपुर 

०४ कार्तिक २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

आज अमेरिकामा भएको दोस्रो टी20 खेलमा नेपालले अमेरिका लाई सुपर ओभरमा  हराएको छ भने आफ्नै होमग्राउण्डमा पाहुना टोली न्युजिल्यान्ड सङ्ग टेस्ट खेल खेलिरहेको भारत पहिलो टेष्टमा ८ विकेटले पराजित भएको छ  । 

नेपालले पहिले ब्याटिङ गर्दै अमेरिकालाई दिएको १७१ रनको लक्ष्य पछ्याउँदै गर्दा अमेरिका १७० रनमै रोकिएपछी सुपर ओभरमा नेपालले रोचक खेलमा अमेरिका लाई हराएको हो ।  

पहिले ब्याटिङ गरेको नेपालका लागी तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलले नटआउट रहदै ९२ रनको पारी खेल्दै नेपाल लाई १७० रनको सम्मानजनक स्कोर सम्म पुर्‍याएका थिए । 

सुपर ओभरमा पुगेको खेलमा पहिले ब्याटिङ गरिरहेको अमेरिकालाई बलिङ गर्दै नेपालका बलर सोमपाल कामीले २ रन दिदै २ विकेट लिएका थिए । नेपालले सहजै रुपमा सुपर ओभरमा अमेरिका लाई हराएको थियो । खेलमा उत्कृष्ट इनिङ खेलेका कुशल भुर्तेल खेलको म्यान अफ द म्याच भएका थिए ।