कंचनपुर 

१६ असोज २०८१

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नेपाली क्रीकेट टीमका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रीकेट परिषदको अलराउण्डर तर्फ  दोस्रो स्थानमा उक्लिएका छन । ICC ( International Cricket council ) ले हिजो अर्थात  १ अक्टोबर २०२४ मा जारी गरेको नयाँ वरियतामा पछिल्लो वरियता भन्दा ४ स्थान माथी उक्लिदै दिपेन्द्र दोस्रो स्थानमा पुगेका हुन । दिपेन्द्र दोस्रो स्थानमा पुग्दा उनी भन्दा अगाडि बेलायतका क्रीकेटर Liam Livingstone पहिलो स्थानमा रहेका छन । 

Liam Livingstone २५३ रेटिङ्ग अंकका साथ पहिलो स्थानमा हुदा उनलाई पछयाउने क्रममा २३० अंकका साथ दिपेन्द्र दोस्रो स्थानमा रहेका छन भने अष्ट्रेलियाका मार्क स्ट्वाइनस तेस्रो स्थानमा हुदा भारतका हार्दिक पाण्ड्या सातौ स्थानमा पुगेका छन । यो वरियता अनुसार दिपेन्द्रले क्रीकेटको दुनियामा अब्बल मानिने राष्ट्रका खेलाडीहरुलाई  उछिनेका छन ।