कंचनपुर 

१८ साउन २०८१

ने क पा एमाले सुदुरपश्चिम इन्चार्जको जिम्मेवारी पुर्व उद्योग मन्त्री लेखराज भट्टले पाएका छन ।  ने क पा एमाले केन्द्रिय कमिटीको बैठकले विभिन्न प्रदेश तथा जिल्लाको इन्चार्जको जिम्मेवारी एक कार्यक्रमका बिच विभाजन गरेको हो ।आफ्नै भुगोल तथा निर्वाचन क्षेत्रमा इन्चार्जको जिम्मेवारी तोक्ने भन्दै केन्द्रिय कमिटीले जिम्मेवारीमा भुगोल हेरफेर गरेको हो ।यसभन्दा अगाडि  लेखराज भट्ट कर्णाली प्रदेश इन्चार्ज तथा सुदूरपश्चिम प्रदेशमा छविलाल विश्वकर्मालाई इन्चार्ज बनाइएको थियो । नयाँ केन्दृय कमिटीमा भने कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी  गोरखबहादुर बोगटीलाइ दिइएको छ । 

  सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला इन्चार्जहरु

कंचनपुर – नीरुदेवी पाल

बैतडी – लिलाधर भट्ट

कैलाली – नारदमुनी राना

बाजुरा – लालबहादुर थापा

डोटी – गौरी ओली

बझाङ – भैरवबहादुर सिंह

अछाम – झपट बोहरा

दार्चुला – गणेश बहादुर ठगुन्ना

डडेल्धुरा – पठानसिंह बोहरा