T20 विश्वकप क्रीकेट प्रतियोगिता चलिरहेको बेला नेपालका लागी ICC बाट खुशीको खबर आएको छ । नेपाल अहिले चलिरहेको विश्वकपमा सहभागी टीम हो । नेपाली टोलीले दुई म्याच खेल्दा एक खेलमा हार र एक खेलमा वर्षाका कारण खेल हुन नसक्दा बराबरी अंक बाडेको थियो । 

यसै बिच हाल इन्टरनेशनल क्रीकेट काउन्सिलले निकालेको  T20 र्‍यान्किङमा अलराउण्डर तर्फ नेपालका युवा अलराउण्डर दिपेन्द्र सिंह ऐरी एक स्थान सुधार गर्दै ९औ स्थानमा छन । 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

इन्टरनेशनल क्रीकेट काउन्सिल ( ICC ) ले आफ्नो आधिकारिक वेबसाईट मार्फत निकालेको सुचीमा t20 अलराउण्डरतर्फ एक नम्बरमा अफगानिस्तानका मोहम्मद नवी रहेका छन भने १० औ नम्बरमा साउथ अफ्रिकी अलराउण्डर एडम माकरम रहेका छन । नेपालको तर्फबाट विश्वकपमा सबैभन्दा बढि आशा गरिएका दिपेन्द्र नेपाल लगायत विश्वमै परिचित अलराउण्डर समेत हुन । उनले पछिल्लो समय  T20 क्रीकेटमा सबै भन्दा तिब्र अर्धसतकको रेकर्ड समेत आफ्नो नाममा लेखाइसकेका छन भने लगत्तै त्यसपछी ६ बलमा ६ छक्का हानेर विश्व क्रीकेट समुदायमा तहल्का मचाएका थिए ।