कञ्चनपुर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कञ्चनपुरका किसानबाट ८ हजार क्विन्टल मोटा धान खरिद गर्ने भएको छ। कम्पनीको महेन्द्रनगरस्थित शाखा कार्यालयले धान खरिदका लागि आगामी कार्तिक १९ र २० गते कुपन वितरण गर्ने जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्राथमिक खरिद समितिको निर्णयअनुसार किसानलाई कार्यालय समयमा कुपन वितरण गरिने शाखा कार्यालयले जानकारी दिएको छ। धान खरिदका लागि प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। उक्त मूल्य हालको बजार मूल्यभन्दा करिब एक हजार रुपैयाँ बढी रहेको बताइएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कम्पनीले एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म मात्रै धान खरिद गर्ने जनाएको छ। किसानले कुपन लिन आउँदा लालपुर्जाको फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्य रूपमा ल्याउनुपर्नेछ। ऐलानी जग्गामा खेती गर्ने किसानले भने लालपुर्जाको सट्टा निस्सा प्रमाणित कागजात र सम्बन्धित वडाको सिफारिस पेस गर्नुपर्नेछ।

कम्पनीका अनुसार कुपन लिएका किसानले तोकिएको मितिमा कम्पनीको महेन्द्रनगरस्थित गोदाममा धान बिक्रीका लागि ल्याउनुपर्नेछ। आगामी कार्तिक २७ गतेदेखि सार्वजनिक बिदाका दिनबाहेक धान खरिद गरिने व्यवस्था मिलाइएको छ। 

धान खरिद गर्दा किसानले सफा तथा गुणस्तरयुक्त धान मात्र ल्याउनुपर्नेछ। पराल, भुसा, पोकटा, माटो र ढुङ्गा नमिसिएको धान मात्रै खरिद गरिने कम्पनीले जनाएको छ। धानको नमुना परीक्षण गरी गुणस्तर सुनिश्चित भएपछि मात्रै खरिद प्रक्रिया अघि बढाइनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख शाखा अधिकृत प्रकाश न्यौपानेले किसानलाई आवश्यक कागजातसहित तोकिएको मितिमा कुपन लिन उपस्थित हुन आग्रह गरेका छन्।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्न पाउने भएपछि बजार मूल्यभन्दा बढी मूल्य पाउने आशामा रहेका कञ्चनपुरका किसानलाई यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ।