कञ्चनपुर: बलात्कार, हत्या, अपहरण, भ्रष्टाचार तथा जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै ‘मृत्युदण्डवादी नागरिक अभियान नेपाल–२०८२’ ले नागरिकस्तरमा अभियान सञ्चालन गरेको छ।

अभियानले कञ्चनपुरको महेन्द्रनगरमा ब्यानर तथा विभिन्न नारासहित आफ्नो अभियानका मागहरू सार्वजनिक गरेको छ। अभियानमार्फत बलात्कार, हत्या, भ्रष्टाचार, देशद्रोह तथा जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही गर्दै मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

अभियानले गौतम बुद्धको शान्ति र अहिंसाको सन्देशलाई सम्मान गर्दै समाजमा बढ्दै गएका हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारजस्ता अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको जनाएको छ।

त्यस्तै, देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, दण्डहीनता र सामाजिक विकृतिको अन्त्यका लागि राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने अभियानको माग छ। बलात्कारपछि हत्या गरिएका निर्मला पन्त, भागरथी भट्ट, सम्झना विकलगायतका घटनालाई स्मरण गर्दै पीडितले न्याय पाउनुपर्ने र यस्ता जघन्य अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्नेमा अभियानले जोड दिएको छ।

अभियानले मृत्युदण्डको व्यवस्था कार्यान्वयनका लागि संविधान संशोधन तथा आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ। साथै, अपराधको प्रकृति र गम्भीरताका आधारमा सजायको व्यवस्था गर्दै न्यायपूर्ण समाज निर्माण गर्न राज्यको ध्यानाकर्षण गराएको छ।

‘देशलाई कस्तो बनाउने, कसरी बस्ने र कस्तो नीति–नियम बनाउने भन्ने विषय नेपालीकै हातमा छ’ भन्ने सन्देशसहित अभियानले राष्ट्रिय एकता, सामाजिक सद्भाव र न्यायको पक्षमा सबै नेपालीलाई एकजुट हुन आह्वान गरेको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

अभियानका केन्द्रीय संयोजक नूरप्रसाद अधिकारी, सहसंयोजक राजेन्द्रप्रसाद अधिकारी, प्रवक्ता हरिकृष्ण पौडेल र कोषाध्यक्ष सञ्जु रञ्जित रहेका छन्।