कञ्चनपुर: कञ्चनपुरमा सम्भावित विपद्का घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले कात्तिक १५ गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार एक सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त मौसमी बुलेटिनका आधारमा सतर्कता अपनाउन अनुरोध गरेको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सूचनाअनुसार बङ्गालको खाडीमा उत्पन्न भएको अर्नब चक्रवातका कारण कात्तिक १२ गते बिहीबारदेखि १५ गते आइतबारसम्म देशका विभिन्न भागसँगै सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ, वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावबाट कञ्चनपुरमा समेत मेघगर्जन, चट्याङ र वर्षाजस्ता विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले मौसम पूर्वानुमान तथा आधिकारिक सूचनाहरू नियमित रूपमा अवलोकन गरी आवश्यक सतर्कता अपनाउन आमनागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय र सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रशासनले महाकाली नदीलगायत खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय तथा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन अनुरोध गरेको छ। भारी वर्षा भइरहेको वा हुने समयमा यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, नदी, खोला, ताल तथा पोखरीमा पानीको सतह बढेको हुन सक्ने भएकाले माछा मार्ने, पौडी खेल्ने, नुहाउने तथा काठदाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न सूचनामा उल्लेख छ। खेतबारीमा काटेर राखिएको कृषि उपज तथा पशुचौपायाको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन र महत्त्वपूर्ण कागजात, खाद्यान्न, औषधि, मोबाइल तथा पशुचौपायालाई सम्भावित डुबानबाट सुरक्षित स्थानमा राख्न पनि आग्रह गरिएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

विपद्को अवस्था आएमा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखी स्थानीय समुदाय, जनप्रतिनिधि र सुरक्षा निकायको सहयोगमा सुरक्षित स्थान वा नजिकको आश्रयस्थलमा स्थानान्तरण गर्न प्रशासनले अनुरोध गरेको छ।

विपद्सम्बन्धी आवश्यक सूचना दिन तथा तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) को नम्बर १२३४, नेपाल प्रहरीको नम्बर १०० र सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी सूचनामा सम्भावित जोखिमबाट जनधनको क्षति हुन नदिन सबैलाई पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।