कञ्चनपुर:कञ्चनपुरको महाकाली नदीमा क्षतिग्रस्त झोलुङ्गे पुलबाट चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) नदीमा खसेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्म, दोधारा चाँदनीमा कार्यरत असई सागर राज थारु रहेका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सशस्त्र प्रहरीका अनुसार शनिबार दिउँसो १२ः१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले महाकाली नदी पारि तार तान्ने क्रममा उक्त घटना भएको हो।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको अप्टिकल फाइबरसमेत चुँडिएको थियो। तार चुँडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले चुँडिएको तार रबर बोटको सहायताले नदी वारपार तान्ने काम भइरहेको थियो। सोही क्रममा तार असई थारुको खुट्टामा अल्झिएपछि उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि बेपत्ता असई थारुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com