कञ्चनपुर/चम्पावत, १९ जेठ – उत्तराखण्ड राज्यको चम्पावत प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरिरहेको “अपरेसन प्रहार” अन्तर्गत ५० ग्राम स्म्याक (खैरो हेरोइन) सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये तीन जना नेपाली नागरिक रहेका छन्।

चम्पावतकी प्रहरी अधीक्षक रेखा यादव को निर्देशनमा लागूऔषध कारोबारमा संलग्न व्यक्ति विरुद्ध प्रभावकारी कारबाही गर्ने अभियान सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत मंगलबार क्षेत्राधिकारी निहारिका सेमवालको सुपरिवेक्षण तथा बनबसा प्रहरी र एसओजी (स्पेशल अपरेसन ग्रुप) को संयुक्त टोलीले शारदा नदी किनार क्षेत्रमा चेकजाँच गर्ने क्रममा पाँच जनालाई पक्राउ गरेको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

पक्राउ पर्नेमा भारतको बनबसा बस्ने दुईजना तथा तीन जना कञ्चनपुर बस्ने नेपाली नागरिक रहेका छन्। 

प्रहरीले उनीहरूको साथबाट ५० ग्राम अवैध स्म्याक खैरो हिरोईन तीन वटा मोटरसाइकल (जसमध्ये एउटा नेपाली नम्बर प्लेट भएको), भारतीय रुपैयाँ १६ हजार २००, नेपाली रुपैयाँ १४ हजार १०० तथा ६ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबै अभियुक्त विरुद्ध बनबसा प्रहरी थानामा लागूऔषध सम्बन्धी प्रचलित कानुनी धारा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको  जनाएको छ।