जेठ-४, कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ सेराटोलमा एक पुरुष आफ्नै घरभित्र घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन्।

आज बिहान करिब ५ बजे ४५ वर्षीय लिलाराम सुनार आफ्नै घरको कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतककी श्रीमती यशोदा सुनारले घटना देखेपछि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा खबर गरेकी थिइन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मृतककी श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।