कञ्चनपुर, चैत २१ — कञ्चनपुरमा बालविवाह जस्तो गम्भीर सामाजिक समस्यालाई उजागर गर्न सञ्चार माध्यमको भूमिका सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
PESWAN कञ्चनपुरको आयोजनामा “Media orientation for Media Advocacy to Highlight the Issue of Child Marriage” शीर्षकमा आयोजित उक्त कार्यक्रम आज महेन्द्रनगरमा सम्पन्न भएको हो। होटल चेतनमा सम्पन्न भएको उक्त कार्यक्रममा कंचनपुर जिल्लाला विभिन्न सन्चार माध्यमका सञ्चारकर्मी, सरोकारवाला निकाय तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालविवाहका कारण उत्पन्न हुने सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी समस्याहरूबारे जानकारी गराउँदै यसलाई न्यूनीकरण गर्न सञ्चार माध्यमको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले समाचार तथा जनचेतनामूलक सामग्रीमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका थिए।
त्यसैगरी, कार्यक्रममा बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक रहेको र सञ्चार क्षेत्रले यसको निगरानी तथा सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरिएको थियो।
उक्त कार्यक्रम कञ्चनपुरमा क्रियाशील सामाजिक संस्था PESWAN द्वारा आयोजना गरिएको हो।
