ब्रेकिङ न्युज

कञ्चनपुर – ८ जेठ, महेन्द्रनगरमा भोलीबाट दुई दिन सञ्चालन हुने गरि “एजुकेशन एक्स्पो” हुने भएको छ। जेठ ९ र १० गते अर्थात भोली र पर्सि पश्चिमपाटी मिडियाको आयोजनामा महेन्द्रनगर बजार नजिकै रहेको ममताज पार्टी प्यालेसमा उक्त कार्यक्रम हुन लागेको आयोजक कमिटीले जानकारी गराएको छ। 

विषेशगरी एसईई तथा +2 तहका परीक्षा दिइसकेका विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने गरि शुरु गर्न लागिएको उक्त कार्यक्रमले कंचनपुर जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा कुन-कुन शैक्षिक कार्यक्रम, कुन विधीबाट अध्यापन गराइने, छात्रवृत्ति कसरी प्राप्त गर्ने, विद्यार्थीहरुलाइ करियर काउन्सिलिङ्ग, शिक्षा क्षेत्रका विज्ञहरुसंग प्यानल छलफल  विद्यार्थी/अभिभावकहरुको लागि मोटिभेसनल सेसन सहित संचालन हुने गरि दुईदिने कार्यक्रम हुन लागेको हो। 

कंचनपुर जिल्लामा पहिलो पटक हुन लागेको एजुकेशन एक्स्पोमा विद्यार्थी तथा अभिभावकहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ। विद्यार्थीहरुले उक्त कार्यक्रम मार्फत जिल्लामा रहेका निजी तथा सरकारी विद्यालय/कलेजहरुमा कुन कुन कार्यक्रमहरु संचालनमा रहेका छन र आफुले कुन बाटोमा शैक्षिक यात्रा शुरु गर्दा के प्रतिफल हुन्छ भन्ने बिषयमा लाभ लिन सक्नेछन। 

कार्यक्रममा शिक्षा क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तित्वहरुले विद्यार्थी माझ आफ्नो विचारहरु प्रस्तुत गर्ने हुदा यो कार्यक्रम विद्यार्थीहरुको लागी मार्गदर्शन साबित हुने शैक्षिक क्षेत्रका विज्ञहरुको धारणा रहेको छ। 

यसका साथै कार्यक्रममा कंचनपुर जिल्लामा रहेका निजी तथा सरकारी शैक्षिक संघ संस्थाहरुलाई स्टल मार्फत उपस्थित हुन जानकारी भइसकेको हुदा शिक्षा क्षेत्रमा राम्रो रितिरिवाज स्थापना गर्नु पर्दछ भन्ने सोच भएका शिक्षा क्षेत्रका जानकारहरुले यसमा भाग लिने हुदा एक्स्पोमा उपस्थित विद्यार्थीहरुले कुन संस्थामा कस्तो शैक्षिक कार्यक्रम छन भन्ने बिषयमा प्रयाप्त जानकारी हासिल गर्न सक्ने आयोजकले बताएका छन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: