ब्रेकिङ न्युज

Default Placeholder

चैत्र १९, कञ्चनपुर — सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा कञ्चनपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार मिति २०८२ चैत १९ गते दिउँसो करिब २:४० बजे भीमदत्त नगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयको गेट अगाडि सेवाग्राहीलाई तनाव दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। उक्त स्थानबाट ४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ।

नियन्त्रणमा परेकामध्ये बेदकोट नगरपालिका–५ धरमपुर बस्ने सालम बोहरा, दिल बि.क., सागर घर्ती र दिपेन्द्र कुमार बोहरा रहेका छन्। उनीहरू विभिन्न अनलाइन सेवासम्बन्धी कार्यमा संलग्न रहेको बताइएको छ।यसैगरी, सोही दिन अपराह्न करिब ३:३० बजे भीमदत्त नगरपालिका–४ स्थित यातायात व्यवस्था कार्यालय तथा मालपोत कार्यालय अगाडि सेवाग्राहीलाई हैरानी दिइरहेको भन्ने अर्को सूचनापछि प्रहरीले थप ३ जनालाई नियन्त्रणमा लिएको छ।

दोस्रो घटनामा बेदकोट नगरपालिका–६ बस्ने कपिल जोशी, भीमदत्त नगरपालिका–१८ बस्ने हिमांशु चन्द र भीमदत्त नगरपालिका–५ बस्ने कैलाश सुनारलाई नियन्त्रणमा लिइएको छ। उनीहरू पनि अनलाइन सेवा सम्बन्धी कार्यमा संलग्न रहेको जनाइएको छ।प्रहरीले नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: