ब्रेकिङ न्युज

कञ्चनपुर, १२ जेठ- नेपाल पत्रकार महासंघ कञ्चनपुरको २२’औ’ साधारण सभा कार्यक्रम महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री हिरा सार्कीको प्रमुख आथिथ्यमा शुरु भएको छ। 

कंचनपुर जिल्ला अध्यक्ष सुरेश धामीको अध्यक्षता तथा जिल्ला सचिव कुन्दन पाण्डेयले संचालन गरेको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय सिमिती प्रमुख दुर्गा बोहरा, वेदकोट नगरपालिका प्रमुख भोजराज बोहरा, भिमदत्त नगरपालिका उपप्रमुख निलम लेखक लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैर-सरकारी संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधी, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह तथा पदाधिकारीहरु , नेपाल पत्रकार महासंघ कन्चनपुरका पुर्व अध्यक्ष तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु सहितको बाक्लो उपस्थिती रहेको थियो। 

कार्यक्रममा बोल्ने प्राय: जसो  वक्ताहरुले शुभकामनाका साथै सरकारले पत्रकारहरुलाई विज्ञापन बन्द गरेर एक किसिमको अन्याय गरेको र तत्काल त्यस्ता बिषयमा सरकारले आफ्ना निर्णयहरु सच्याउनुपर्ने बताएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: