
बिष्णुदत्त जोशी
११ मंसिर २०८२
काठमाण्डौ:
विश्व हिन्दुमहासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष तथा नेपाली काङग्रेस सुप प्रदेशका मनोनित सदस्य शिरोमणी ओझालाई विश्व हिन्दुमहासंघ नेपालको उपाध्यक्ष रुपमा मनोनित गरेको छ । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिकाका स्थायीबासी शिरोमणी ओझाले सुदुरपश्चिम प्रदेशमा ९ जिल्लाको भेलाका बिच भएको प्रदेश स्तरिय अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षको लागी छानिएका थिए ।
हिन्दु महासंघका नेपालका अध्यक्ष तथा पुर्वमन्त्री डा रामचन्द्र अधिकारी अध्यक्षको हस्ताक्षरित मनोनय पत्रमा सुदुरपश्चिम प्रदेशका अध्यक्ष शिरोमणी ओझालाई संगठन प्रतिको लगनशिलतालाई मध्येनजर राख्दै यहाँलाई विश्व हिन्दुमहासंघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी सुम्पेको उल्लेख गरिएको छ ।
