ब्रेकिङ न्युज

Default Placeholder

१८ जेठ २०८२

महेन्द्रनगर:

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका अहिले कृषिमय भएको पाईन्छ नगरपालिकामा रहेका विभिन्न वडामा रहेका कृषकहरुको कृषि प्रणालीबाट लगाव कम भईरहेको समयमा परम्परागत कृषिबाट आधुनिक कृषि तर्फ उन्मुख किसानहरुको मेहनतले यो सम्भव भएको पाईन्छ । पछिल्लो समय नेपाल सरकार कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहयोगमा सिचाई मोटरको व्यवस्था भए पश्चात किसानहरुले मकै विभिन्न प्रकारका तरकारी खेति केरा खेति लगायतबाट राम्रो आम्दानि समेत भइरहेको बताउछन ।

आधुनिक कृषि शुरु भए संगै प्रति कट्टा ४ क्विटन भन्दा बढि मकै उत्पादन गर्न सफल भएको अनुभव सुनाउदै पुनर्वास न. पा. ०१ का किसानहरु कृषि तर्फ आफुहरु हर्षित भएको बताउछन । पुनर्वास न. पा. ०१ का कृषक पुष्पराज घिमिरे उनका अनुसार,  “पछिल्लो समय हामी अन्य व्यवसाय छोडेर कृषि व्यवसायमा लागेको र हामि सबैको मेहनतले हामी कृषिबाट समेत राम्रो आय आर्जन गरि आफ्नो जिविकोपार्जन गर्न सकिन्छ  भन्ने उदारहण तयार पारिरहेका छौ ” ।

नेपाल एक कृषि प्रधान देश हो यहाँका मानिसहरु अन्य पेशामा हुदा समेत अनिवार्य रुपमा खेति किसानी गरिरहेका हुन्छन । केहि समय यता कृषि पेशालाई सहायक पेशाको रुपमा लिईरहेका किसानहरु समेत आधुनिक कृषि प्रणालीको प्रयोगले गर्दा कृषिबाट हुने आय आर्जनमा राम्रो हुने भएपछी कृषि क्षेत्रमा आकर्षण बढदो रहेको पाईन्छ।

परम्परागत कृषि प्रणालीमा रहेका तथा कृषिबाट जिविकोपार्जन समेत नभईरहेका कृषकका गुनासाहरु पछिल्लो समय बढदै गईरहेका भएतापनि हाल जिल्लाका केहि स्थानहरुबाट कृषि पेशामा राम्रो आम्दानी गर्न सकिने किसिमका उदाहरण समेत आउन थालेका छन ।

समय समयमा नेपाल सरकारको कृषि ज्ञान केन्द्र तथा स्थानिय तहबाट समेत कृषि सम्बन्धि विभिन्न योजनाहरु पाइनाले समेत कृषि क्षेत्रमा थप बल पुगेको पाईन्छ ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: