ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर-चैत्र २४,

शिक्षा,विज्ञान,प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केपी खनालले  फाप्ला इन्टरनेसनल क्रीकेट मैदान र स्पोर्ट्स भिलेज र सू. प. बि. को निरीक्षण गरेका छन । सुदूरपश्चिममा खेलकुदको विकास र बलियो पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ प्रतिनिधिसभा सदस्यहरुले फाप्ला क्रिकेट रङ्गशालाको स्थलगत निरीक्षण गरेका छन ।  गौरवको आयोजनालाई यथाशीघ्र सम्बोधन गरी सञ्चालनमा ल्याउन माननीय शिक्षा, विज्ञान, प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विशेष चासो र प्रतिबद्धता व्यक्त गरेका छन, जसले यस क्षेत्रको समग्र खेलकुद विकासमा नयाँ आशा र उत्साह थपेको छ। 

मन्त्री पोखरेलले सुदूरपश्चिम विश्वबिद्यालयको अवलोकन पछि हाम्रो पहिलो प्राथमिकता शिक्षा नै हो, शिक्षामा राजनीतीकरण हटाउन सकियो भने शिक्षामा सुधार ल्याउन सकिन्छ भन्नू भयो । सू. प. विश्वबिद्यालय मैले सोचे भन्दा धेरै राम्रो छ र हामी थप  विकासका लागि पहल गर्ने छौ भनेर मन्त्री पोखरेल ले भने ।साथै कैलाली क्षेत्र नं २ का प्रतनिधिसभा सदस्य केपी खनालले सुदूर अब टाढा छैन शिक्षामा सुदूरलाई पछाडी पर्न दिने छैनौ भन्दै आफ्नो सम्बोधन सकाए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: