ब्रेकिङ न्युज

Default Placeholder

६ मंसिर २०८२

सञ्जु महर:

कंचनपुर :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको दोधारा–चाँदनी नगर समितिको सभापतिमा दोस्रो कार्यकालका लागि पुनः पुरन कुमाल चयन भएका छन्। शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले उनलाई सर्वसम्मत रूपमा चयन गरेको हो।

उप–सभापतिमा देवदत्त जोशी र सचिवमा हरि प्रसाद उपाध्याय चयन भएका छन्। त्यस्तै सदस्यहरूमा लक्ष्मण सिंह साउद, गीता सुनार, अर्जुन नाथयोगी, हर्ष ब. चन्द, लक्ष्मण चन्द, भक्त ब. थापा, दानसिंह बोहरा र उत्तम सुनार मनोनयन गरिएको छ।

जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि पनि अधिवेशनले निश्चित गरेको छ। धन ब. शाही र अमर सिंह गुरुङ जिल्ला प्रतिनिधि, कुम्भ सिंह घनाडी र मनोज सिंह भण्डारी प्रदेश प्रतिनिधि, तथा गोर्कण लामिछाने र धन बहादुर महता केन्द्रीय प्रतिनिधि बनेका छन्।

रास्वपाका केन्द्रीय विज्ञान, सूचना तथा प्रविधि विभागका सचिव ज्ञानेन्द्र महताका अनुसार कार्यसमिति सहमतिका आधारमा सर्वसम्मत रूपमा चयन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईँले रास्वपा आगामी चुनावमा “एक नम्बरको पार्टी बन्ने” दाबी गरे। उनले देशमा जनताले परिवर्तन चाहेकाले रास्वपाले जनताको विश्वासमा आधारित भएर दुई–तिहाइको सरकार पनि नेतृत्व गर्न सक्ने दाबी प्रस्तुत गरे।

त्यसैगरी सचिव महताले रास्वपाप्रति जनताको भरोसा र विश्वास बढिरहेको उल्लेख गर्दै पार्टी “नीति, विधान र सिद्धान्तअनुसार चल्ने एक मात्र विकल्प” भएको बताए।

अधिवेशनमा कञ्चनपुर जिल्ला सभापति पदम बिष्टसहित जिल्ला, पालिका, वडा स्तरीय नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: