५ मंसिर, २०८२
कञ्चनपुर:

स्थापना दिवसको अवसरमा कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ४, माछापुच्छ्रे बैंकसंगै रहेको युनाईटेड डाइग्नोष्टिक ल्यावोरेटरी एण्ड रिसर्च सेन्टरले विषेश छुट सहितको सेवा शुरु गरेको छ । बि. स. २०७५ साल मंसिर महिनामा शुरु भएको उक्त ल्याबले हाल सम्म समेत आफूहरुले समाजको स्वास्थ्य क्षेत्रमा सेवा गर्न पाएकोमा खुशी रहेको प्रयोगशाला संञ्चालक टिमका सदस्यले बताएका छन् ।
सेवाग्राहीका अनुसार, “हामी अन्य कुरा भन्दा स्तरिय रिपोर्टमा विश्वास गर्ने गर्दछौ र त्यो विश्वास आज सम्म चेकजाचँको क्रममा हामीलाई युनाईटेड ल्याबले दिएको छ ।” कार्तिक २० गतेबाट शुरु भएको छूट सेवामा सेवाग्राहीहरु समेत खुशी रहेका पाइएका छन । मुख्य गरी नियमित रुपमा आफ्नो स्वास्थ्य चेकजाचँ गराईराख्नु पर्दछ भन्ने कुरामा जानकार रहेका वर्गहरु तथा बिरामी भएर उपचार गराउन आउने सेवाग्राहीहरु यस ल्याबमा आउने क्रम बढदो देखिएको तथा युनाईटेड ल्याबमा छुट चलिरहेको भएतापनि सेवाग्राहीहरु गुणस्तरिय सेवाका कारण आफ्नो रोजाईमा युनाईटेड ल्याब पहिलो नम्बरमा परेको बताउछन् ।
ल्याब संचालकका अनुसार, उनीहरुले समस्यामा रहेका सेवाग्राहीहरु जेष्ठ नागरिक, अशक्त बिरामी तथा अपाङ्गता भएका व्यक्तिहरुको नमुना संकलन गर्न घरमै जादाँ कुनै अतिरिक्त शुल्क नलिई सेवाग्राहीहरुलाई सहजता गरेको बताउछन ।कार्तिक २० गते देखि मंसिर २० गते सम्म गुणस्तरिय सेवाका साथै चेक जाचँका विभिन्न प्याकेजहरुमा सेवाग्राहीहरुलाई छुट पाईने युनाईटेड ल्याबले जानकारी गराएको छ ।
कञ्चनपुर जिल्लामा प्रयोगशाला क्षेत्रमा स्थापनाकाल देखिनै अत्याधुनिक उपकरणहरुको प्रयोग तथा ल्याब क्षेत्रमा आवश्यक दक्ष जनशक्तीबाट सेवा दिदै आएकै कारण युनाईटेड ल्याब यस क्षेत्रका उपचारत मानिसहरुको रोग निदानलाई सहज बनाउन मदत गरेको पाईन्छ ।
युनाईटेड ल्याब कञ्चनपुरका लागि पहिलो प्रयोगशाला जुन अत्याधुनिक मेसिनहरु सहितको सेवा शुरु भएको तथा गुणस्तरिय सेवाका लागी सेवाग्राहीहरुले चिन्ने ल्याबका रुपमा स्थापित रहेको पाईन्छ ।
