२३ असोज २०८२
कंचनपुर :
• कन्चनपुरमा औषधि क्षेत्रमा अनुगमन फितलो
• भारतमा खोकीको औषधिले बाल-बालिकाको मृत्यु हुदा सम्म सिमा क्षेत्रका औषधि पसल तथा क्लिनिकहरुमा अनुगमन भएन ।
• स्थानिय स्वास्थ्य शाखाको पनि छैन अनुगमन
• सरोकारवाला भन्छन, माथिल्लो निकायबाट परिपत्र आएन ।
भारतका विभिन्न राज्यहरुमा खोकिको औषधि प्रयोगले बालबालिकाहरुको मृत्यु भएको समाचारहरु विभिन्न भारतिय मिडियाहरुमा आएको भन्दै औषधि व्यवस्था विभाग, काठमाण्डौले असोज २१ गते सुचना प्रकाशित गरेपनी त्यस सम्बन्धी कंचनपुर जिल्लाको स्वास्थ्य सम्बन्धी सरोकार राख्ने कुनैपनी निकायले हालसम्म औषधि संग सरोकार राख्ने मेडिकल,क्लिनिक तथा फार्मेसीहरुमा कुनैपनी अनुगमन नगरेको पाइएको छ ।
कंचनपुर जिल्लामा भारतिय औषधिको बजार पनि रहेको र यसको असर मुख्य गरि भारतिय सिमा क्षेत्रका ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा पर्ने भएतापनी जनस्वास्थ्य कार्यालय कंचनपुरले आफुले यस्तो किसिमको सुचना वा परिपत्र नपाएकै कारण आफुहरुलाइ कुनैपनी जानकारी नपाएको जनाएको छ ।
जनस्वास्थ्य कार्यालय कंचनपुरलाई माथिल्लो निकायहरुबाट कुनै परिपत्र नआएको, हामीले आफ्नो क्षेत्राधिकारमा पर्ने निकायहरुमा मात्रै अनुगमन गर्न पाउने हो सबै यस सम्बन्धी बढी प्रभावकारी काम स्थानिय सरकारबाट हुने हो भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुखले जानकारी गराएका छन ।
जिल्ला जनस्वास्थ्य कार्यालयको क्षेत्राधिकार भित्र जिल्लामा रहेका आँखा क्लिनिकहरु, दन्त क्लिनिक, पोलिक्लिनिक तथा १५ सैया भन्दा माथिका हस्पिटलहरु अनुगमन गर्ने अधिकार रहेको हुन्छ ।
कंचनपुरको महेन्द्रनगर बजार सहित भिमदत्त नगरपालिका स्थानिय सरकारका रुपमा रहेको छ । भिमदत्त नगरपालिकाको स्वास्थ्य शाखा संग ग्रामिण क्षेत्रमा रहेका विशेषज्ञ बिनाका औषधि पसल, मेडिकलहरुमा अनुगमन अधिकार रहेको भएतापनी भिमदत्त नगरपालिकाको स्वास्थ्य शाखाले कुनैपनी अनुगमन वा सुचना प्रवाह गरेको पाइदैन ।

स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा स्वास्थ्य सम्बन्धी निकायले आफुहरु जानकार नभएको सुनाउदा अचम्मको बिषय समेत हो । तर कंचनपुरको स्वास्थ्य सङ्ग स्रोकार राख्ने निकायहरुलाई परिपत्र वा जानकारी नआएसम्म जिल्ला बासीको स्वास्थ्यलाई ध्यानमा राखेर काम नगरिनु जिल्ला बासीको लागि चिन्ताको बिषय समेत हो ।
जनस्वास्थ्य कार्यालय कंचनपुरका अनुगमन टोली फोकल पर्शन समेत रहेका जयराज भट्टका अनुसार अनुगमन गर्ने भनेर नियम भएतापनी त्यसको लागि आवश्यक पर्ने श्रोत साधनको अभावले गर्दा समय-समयमा अनुगमन गर्ने सहज नरहेको र औषधि बेच्ने पसलहरु ( फार्मेसी ) लगायतमा तत्काल अनुगमन गर्ने कुनैपनी योजना नरहेको र कहिले सम्म अनुगमन हुन्छ त्यो आफुलाइ अहिले नै नभएको बताउछन ।
भारतसङ्ग सिमाना जोडिएका जिल्लाहरुका औषधि पसलहरुमा भारतिय औषधिहरु समेत बेच्ने गरेको पाइन्छ तिनीहरुको समय समयमा अनुगमन नहुनु , भारतका विभिन्न राज्यहरुमा बालबालिका मृत्यु भइरहदा मौसम परिवर्तनको कारण कंचनपुरका ग्रामिण क्षेत्रहरुमा समेत बाल बालिकाहरुलाइ खोकी लागिरहेको र कंचनपुरका सिमा क्षेत्रका बासिन्दाहरु आफुहरुलाइ खोकिको औषधि सेवनले समेत बालबालिकाहरुको ज्याननै जान सक्ने खतरा बारे अनविज्ञ रहेको भारत सङ्ग सिमाना जोडिएका क्षेत्रका स्थानियहरुले बताएका छन ।
