ब्रेकिङ न्युज

२४ असोज २०८२

ओमानमा जारी T20 Worldcup 2026 Asia and EAP छनौट खेलमा ग्रुप ‘B’ को खेलमा आज नेपालले जापानसंग आज ४:१५ बजेबाट ओमानको Al Amerat Cricket Ground Oman Cricket (Ministry Turf 1) मा खेल्नेछ । नेपालले यस अघि ग्रुप खेलमा कुवेतलाइ ५८ रनले पराजित गर्दा पहिलोचोटि क्वालिफायर खेलिरहेको जापानले समेत बलियो प्रर्दशन देखाउदै कुवेतलाई ५ विकेटले हराएको थियो ।

nepal vs japan

उच्च मनोबलका साथ देखिएका दुवै टोलिमा नेपालको तुलना जापान सङ्ग गर्न नमिलेपनी जापानको पछिल्लो खेल हेर्ने हो भने नेपालले जापानलाइ कमजोर रुपमा लिन नमिल्ने देखिन्छ । जापानले कुवेतले दिएको १७८ रनको लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो । जापानका लागि मध्यक्रमका ब्याटर रहमानले ३९ बलमा ६४ रनको इनिङ खेल्दै जापानलाइ जित सम्म पुर्यादए । नेपाल सामु कसिलो बलिङ गरेको कुवेतका बलरहरुको जापानी ब्याटर अगाडि केहिपनी चलेन, आजको खेलमा नेपालले जापान सङ्ग पहिले ब्याटिङ गरे कम्तीमा २०० नजिकको लक्ष्य र दोस्रो ब्याटिङ भएमा कमसेकम स्कोरमा आउट गर्नुपर्ने छ ।
सुपर सिक्समा पुगिसकेका दुवै टोलिले यो म्याचमा ठूलो खेल अन्तरले जितेमा सुपर सिक्समा समेत रनरेट राम्रो हुने र विश्वकप छनौटको यात्रा सहज हुने देखिन्छ । सुपरसिक्सका ६ वटा टिमहरुमा पहिलो ३ टोलीले भारत र श्रीलंकामा हुने T20 विश्वकप २०२६ को लागि छनौट हुनेछन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: