ब्रेकिङ न्युज

Default Placeholder

२८ असोज २०८२

ओमानमा जारी टी20 विश्वकप एसिया तथा इष्ट एसिया छनौट अन्तर्गत नेपालले कतारलाइ ५ रनले हराउदै आफ्नो अपराजित यात्रा कायमै राखेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कतारलाइ १४७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।  नेपालका लागि कप्तान रोहित पौडेलले सम्मालिएको इनिङ खेल्दै ४१ बलमा ५८ रन बनाए भने अलराउण्डर दिपेन्द्रले २६ , गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रनको योगदान दिए । 

लक्ष्य पूरा गर्ने उदेश्यका साथ मैदानमा उत्रिएको कतार टिमले दशौ ओभरको अन्तिम बलमा ७९ रनको जम्मा स्कोरमा आफ्नो पहिलो विकेट गुमाएपनी सहजै जित सम्म पुग्ने आधार तय गरिसकेको थियो । खेललाई नेपाल तर्फ ल्याउन महत्त्वपुर्ण भुमिका रहेको भने दिपेन्द्रको लगातार ४ खेलमा ४ रन आउट समेतले खेलमा झनै हौसला बढायो । सन्दिप लामिछानेले ३.५ ओभर बलिङ गर्दै १८ रन खर्चिदै ५ विकेट लिदै खेलको म्यान अफ द म्याच समेत भए । कतारलाइ लक्ष्य सम्म पुग्नबाट रोक्न सन्दिपको ५ , नन्दन यादवको २, र दिपेन्द्रले १ विकेट लिए भने दिपेन्द्र र आदिलले समान १/१ रन आउट समेत गरे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: